काठमाडौं । युवा स्ट्राइकर भिनिसियस जुनियरको ह्याट्रिकप्रेरित रियाल मड्रिडले चिरपरिचित क्याटलान क्लब बार्सिलोनालाई ४–१ ले हराउँदै स्पेनिस सुपर कपको उपाधि जितेको छ ।
साउदी अरेबियाको किङ्ग रंगशालामा भिनिसियसले सुरुआती दश मिनेटभित्र दुई गरेपछि रियालले बार्सिलोनालाई खेल भर दबाबमा राखेको थियो । उनले खेलको सात, दश र ३९औं मिनेटमा गोल गरेपछि रियालले १३औं पटक सुपर कपको उपाधि उचाल्यो ।
१० खेलाडीमा सिमित बार्सिलोनाको लागि ३३औं मिनेटमा रोबर्टाे लेवान्डोस्कीले गोल गरेका थिए । खेलको ७१औं मिनेटमा दोहोरो पहेँलो कार्ड पाएपनि बार्सिलोनाका रक्षक रोनाल्ड अरौजोले मैदान छाडेका हुन् ।
भिनिसियर गत नोभेम्बरमा ह्यामस्ट्रिङपछि मैदान फर्किएका हुन् । पूर्व खेलाडी क्रिष्टियानो रोनाल्डोअनुबन्धित अल नारसको मैदानमा पहिलो गोल गरेपछि भिनिसियसले आफ्नो आइडलको सेलेब्रेसन ‘सिउ’ गरेका थिए ।
‘यो सेलेब्रेसन रोनाल्डोको लागि समर्पित गर्छु । उनी मेरो आइडल हुन्,’ जुनियरले भने ।
बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्डेजले स्तरीय प्रदर्शन गर्न नसकेको बताए । उनले कुनै पनि पक्षमा खुसी हुनु खेल नभएको प्रतिक्रिया दिए ।