बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • युनाइटेडसँग टोटेनह्यामको बराबरी


    हुलाक प्रेस

    • सोमबार, माघ १ २०८००८:२९
    युनाइटेडसँग टोटेनह्यामको बराबरी

    काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले दुई पटकको अग्रता जोगाउन नसक्दा टोटेनह्याम हटस्परसँग २-२ गोलको बराबरी खेल्दै अंक बाँडेको छ।

    आइतबार भएको खेलमा युनाइटेडले रसमुस होजलुन्डको गोलमार्फत् तेस्रो मिनेटमा नै अग्रता बनाएको थियो। तर ब्राजिलयन स्टार रिचारलिसनले १९ औं मिनेटमा गोल गर्दै टोटेनह्यामलाई बराबरीमा ल्याए। मार्कुस रासफोर्डले होजलुन्डकै पासमा ४० औं मिनेटमा पुन: युनाइटेडलाई अग्रता दिलाए।

    पहिलो हाफमा २-१ को अग्रता बनाएपनि दोस्रो हाफको सुरुवातमा नै पुन: टोटेनह्यामले खेल बराबरीमा ल्यायो। आफ्ना कप्तान तथा स्टार सन ह्युङ मिन बिना मैदान उत्रिएको टोटेनह्यामका लागि रोड्रिगो बेनटानकुरले ४६ औं मिनेटमा बराबरी गोल गरे। कप्तान ह्युङ भने अहिले एसियाकपका लागि कतारमा रहेका छन्।

    त्यसपछि दुबै टिमबाट थप गोल हुन नसक्दा खेल २-२ को बराबरीमा सकियो। बराबरीपछि टोटेनह्यामले २१ खेलबाट ४० अंक बनाएर पाँचाैं स्थानमा रहेको छ। समान खेलबाट ३२ अंकका साथ युनाइटेड पाँचौं स्थानमा उक्लियो।

    आइतबार नै भएको अर्को खेलमा एभर्टन र एस्टन भिल्लाले भने गोलरहित बराबरी खेले।


    प्रतिक्रिया दिनुहोस