काठमाडौं । भारतका चर्चित कवि मुनब्बर रानाको आइतबार राति लखनउमा निधन भएको छ।
७१ वर्षीय राना लामो समयदेखि बिरामी थिए र उनको लखनउको सञ्जय गान्धी पोस्ट ग्रेजुएट इन्स्टिच्युट अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको थियो।
सन् २०१४ मा मुनब्बर रानालाई उनको पुस्तक ‘शहदाबा’का लागि साहित्य अकादमी पुरस्कारबाट सम्मानित गरिएको थियो।
सन् २०१२ मा उनलाई उर्दू साहित्यमा गरेको सेवाको लागि शहीद शोध संस्थानले मती रतन पुरस्कारसमेत प्रदान गरिएकाे थियो।
सन् २०१५ मा उत्तर प्रदेशको दादरीमा अखलाकको लिन्चिङ घटनापछि रानाले एक समाचार च्यानलमा प्रत्यक्ष बहसको क्रममा आफ्नो साहित्य अकादमी पुरस्कार फिर्ता गर्ने घोषणा गरेका थिए। उनले देशमा बढ्दो असहिष्णुतालाई यस निर्णयको कारण बताएका थिए।