बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • त्रिशुली नदीमा 'गाडी खसेको' सूचना, खोजीका लागि गोताखोरको टोली परिचालन


    हुलाक प्रेस

    • मंगलबार, माघ २ २०८००७:५७
    त्रिशुली नदीमा 'गाडी खसेको' सूचना,  खोजीका लागि गोताखोरको टोली परिचालन

    काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डबाट त्रिशुली नदीमा गाडी खसेको सूचनापछि गोताखोरको टोली परिचालन गरिएको छ। इच्छाकामना गाउँपालिका–५ स्थित ३ नम्बर पुल नजिकबाट गाडी खसेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए। 

    स्थानीय बासिन्दाले मंगलबार बिहान करिब ४ बजेतिर सडकबाट गाडी नदीमा खसेको बताएका छन्। 

    इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक (इन्सपेक्टर) विशाल तामाङले ३ नम्बर पुलबाट गाडी खसेको सूचनापछि गोताखोरको टोली परिचालन गरिएको जानकारी दिए। अहिले सशस्त्र प्रहरी बलको कुरिनटारस्थित विपत् व्यवस्थापन शिक्षालयबाट गोताखोरको टोली गाडी खसेको भनिएको स्थानमा पुगेर खोजी सुरु गरेको छ। 

    गाडी खसेको भनिएको स्थानमा नदीभित्र लाइट बलेको देखिएको प्रहरी निरीक्षक तामाङले जानकारी दिए। अहिले भने लाइट निभेको छ। 

    गाडी खसेको भनिएको ठाउँमा भारतीय नम्बर प्लेट समेत फेला परेको छ। तर नदीमा खसेको भनिएको गाडी कहाँबाट कहाँ जाँदै थियो, कस्तो थियो भन्ने खुलेको छैन। 


    प्रतिक्रिया दिनुहोस