काठमाडौं । मंगलबार बिहान त्रिशूली नदीमा खसेको भारतीय गाडीमा चालक मात्रै रहेको खुलेको छ ।
भारतबाट भैरहवाको सुनौली नाकाहुँदै बोलेरोमा अमला लिएर पुस २९ गते काठमाडौँ आएका सवारी चालक भारतको बिहारका सनिककुमार सोमबार फर्किएका थिए ।
कालीमाटीस्थित काठमाडौँ सोलुशन ट्रेडर्समा अमला छाडेर उनी सोमबार त्यहाँबाट सुनौली नाकाहुँदै भारत जान बाटो लागेका थिए ।
दुर्घटनामा परेको गाडीमा चालक मात्रै भएको खुलेसँगै मानवीय क्षति नभएको बुझिएको छ । उक्त गाडीका चालक अर्को गाडीमा नारायणघाट तर्फ लागेको घटनास्थलबाट ट्यांकर चालकले प्रहरीलाई जानकारी दिएका थिए । प्रहरीले उनको खोजि गरिरहेको छ ।