बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • बालेनको घोषणा- काठमाडौंमा १५ हजारलाई सिपमुलक तालिम, ३ वर्षमा बेरोजगारी हटाउने


    हुलाक प्रेस

    • आइतबार, असोज २१ २०८००९:३०
    बालेनको घोषणा- काठमाडौंमा १५ हजारलाई सिपमुलक तालिम, ३ वर्षमा बेरोजगारी हटाउने

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले ३ वर्षभित्र महानगरभित्रको बेरोजगारी समाधान गर्ने लक्ष्यसहितको योजना अघि सारेका छन् । उनले ‘स्वर्णिम र गौरव’ योजनाअन्तर्गत १५ हजारलाई सीपमूलक तालिम दिने घोषणा गरे ।

    सामाजिक सञ्जालमार्फत भिडिओ पोस्ट गर्दै शाहले यस्तो घोषणा गरेका हुन् । शाहका अनुसार सुरुमा महानगर क्षेत्रभित्र रहेका दक्ष, अर्धदक्ष र अदक्ष जनशक्तिको सूचीकरण गरिनेछ । त्यसपछि अदक्षलाई दक्ष बनाउन सीपमूलक तालिम दिइने उनले बताए । काठमाडौंका १४ स्थानमा तालिम दिने महानगरको तयारी छ ।

     


  • सम्बन्धित विषय:

  • # बालेन
  • प्रतिक्रिया दिनुहोस