बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • रवि मिश्रले बिहीबारदेखि एकल कार्टुन चित्र प्रदर्शनी गर्ने


    हुलाक प्रेस

    • मंगलबार, माघ २ २०८००२:५२
    रवि मिश्रले बिहीबारदेखि एकल कार्टुन चित्र प्रदर्शनी गर्ने

    काठमाडौं । कार्टुनिष्ट रवि मिश्रले एकल कार्टुन चित्र प्रदर्शनी गर्ने भएका छन् । नयाँ बानेश्वरस्थित एनबी सेन्टरमा रहेको उमोजा क्याफेमा उनले बिहीबारदेखि ‘डिपेक्सन’ नाम दिएर १० दिने एकल प्रदर्शनी गर्ने भएका हुन् ।

    सञ्चारमाध्यमबाट भइरहेको एकल संवादलाई दोहोरो बनाउन प्रदर्शनीमार्फत आउने निर्णय गरेको उनले बताए । १७ वर्षदेखि विभिन्न अखबार तथा म्यागेजिनमा करिब तीन हजार कार्टुन प्रकाशित गरिसकेका मिश्रले पहिलोपटक एकल प्रदर्शनी गर्न लागेका हुन् ।

    ‘अखबारमा प्रकाशित भएका विभिन्न काटुर्नमध्ये केही यस प्रदर्शनीमा राखिने छन्, जसलाई मैले ‘डिपेक्सन’ नाम दिएको छु,’ मिश्रले भने, ‘डिपेक्सन मैले देखेको नेपाली समाजको चित्र हो ।’

    प्रदर्शनीमा राखिने अधिकांश कार्टुन विभिन्न पत्रिकामा प्रकाशित छन् । ‘तैपनि कार्टुनलाई सञ्चार मात्रै नभएर संवाद पनि बनाउन प्रदर्शनीको आवश्यक हुँदोरहेछ । पत्रिकाको माध्यमबाट एकोहोरो संवाद गरिरहेको म यो प्रदर्शनीमार्फत दोहोरो संवाद गर्न खोज्दैछु । कार्टुन एकतर्फी सञ्चार मात्र होइन, संवाद पनि हो भन्ने मेरो विश्वास छ,’ उनले भने ।


    प्रतिक्रिया दिनुहोस