बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • इजरायलको बंकरबाट नेपाली विद्यार्थीको गुहार- १० जना साथी गुमायौ, हामीलाई छिटो उद्धार गरियोस् (भिडियोसहित)


    हुलाक प्रेस

    • सोमबार, असोज २२ २०८००२:३९
    इजरायलको बंकरबाट नेपाली विद्यार्थीको गुहार- १० जना साथी गुमायौ, हामीलाई छिटो उद्धार गरियोस् (भिडियोसहित)

    काठमाडौँ । इजरायलमा रहेका नेपाली विद्यार्थीहरूले उद्धार गरिदिन आग्रह गरेका छन् । १० जना साथी गुमाएका सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थीहरूले उद्धार गरिदिन आग्रह गरेका हुन् । 

    आफूहरू तीन दिनदेखि मानसिक र शारीरिक पीडाबाट गुज्रिरहेको भन्दै चाँडो उद्धार गरिदिनु आग्रह गरेका हुन् ।  विद्यार्थीहरूको नेतृत्व गरेका लिडर विपिन सुवेदीले आफूहरूको अवस्था निकै नाजुक रहेको बताए ।

    शनिवारदेखि बंकरभित्रै लुकेर बसेका उनले एक भिडियो सन्देश जारी गर्दै तत्काल उद्धारको पहल गरिदिन आग्रह गरेका हुन् । घरकालाई तनाव हुन्छ भनेर भिडियो नबनाउने पक्षमा रहेको भन्दै उनले आजसम्म उद्धार नहुँदा बाध्य भएर बनाउनुपरेको बताए । 

    ‘हामी ५ जना छौँ । घरकालाई तनाव हुन्छ भनेर भिडियो नबनाउने पक्षमा थिए । तर, घरभन्दा माथि उठेर देशले केही नगरेको अवस्थामा यो भिडियो बनाउन विवश छौँ । यो बङ्कर हो । यो बंकरमा बस्न थालेको तीन दिन भयो,’ उनले भिडियोमा भने, ‘एम्बेसीले उद्धार गर्छ कि भनेर हामी लुगा लगाएर बसिरहेका छौँ । हामी रातभरि बंकरमाथि मिसाइल खस्दा निकै डर लाग्छ । हामीले १० जना साथी त गुमाइसकेका छौँ । हामी पनि गुम्छौँ कि भन्ने डर छ । १० जनाको साथीको त्यो चिच्याहट, हामीलाई गरेको हार गुहार, सुनेर रातभरि निद्रा लाग्दैन ।’ 

    बंकरभित्र रहँदा कुन बेला आतंकवादीहरू आएर मार्ने हो भन्नेमा कुनै टुङ्गो नरहेको उनको भनाइ छ ।  ४९ जनामा १० जना साथीहरू गुमाइसकेको भन्दै अब आफूहरूको समेत त्यस्तै अवस्था हुने हो कि भन्नेमा रहेको बताए । 

    ‘४९ जनामा १० जना त गुमाइसक्यौँ । अझै पनि जति बचेका छौँ । त्यतिलाई उद्धार गरिदिनुहोस् । देश फर्किएर कृषि क्षेत्रमा हामी केही न केही गर्छौ होला । हामीलाई मिटिङ बसिरहेको छ । उद्धारको लागि पहल गर्दैछौं भनेर भन्ने काम मात्र नगर्दिनुहोस् । तपाईँहरू जे जस्तो गरेपछि हामीलाई उद्धार गरिदिनुहोस्’ उनले भने । 


    प्रतिक्रिया दिनुहोस