बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • धादिङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते


    हुलाक प्रेस

    • बुधबार, माघ ३ २०८००८:५५
    धादिङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

    धादिङ । धादिङको खनियाबास गाउँपालिका–५ मा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । 

    बा५ख ५९६३ नम्बरको ट्रक दुर्घटना हुँदा खनियाबास गाउँपालिका–५ सिमी बस्ने ४६ वर्षीय ल्वाङ लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

    दाउरा बोकेको ट्रक दुर्घटना भएको हो । ट्रक सडकबाट झन्डै ३० मिटर तल खसेको छ । दुर्घटनामा स्थानीय धनबहादुर तामाङ, मरुमाया तामाङ र शर्मिला तामाङ घाइते भएका छन् । रासस

     


    प्रतिक्रिया दिनुहोस