बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • युगान्डा पुगेर परराष्ट्रमन्त्रीले भने– नेपाल कुनै पनि सैन्य गठबन्धनमा सामेल हुँदैन


    हुलाक प्रेस

    • बुधबार, माघ ३ २०८००८:५७
    युगान्डा पुगेर परराष्ट्रमन्त्रीले भने– नेपाल कुनै पनि सैन्य गठबन्धनमा सामेल हुँदैन

    काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले नेपाल कुनै पनि सैन्य गठबन्धनमा सामेल नहुने र त्यसको हिस्सा हुन कहिल्यै स्वीकार नगर्ने बताएका छन् । 

    युगान्डाको कामपालामा जारी असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम)को परराष्ट्र मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री साउदले नेपालले कुनै पनि देशको सुरक्षा सम्झौता स्वीकार नगर्ने बताएका हुन् ।

    "हामी सधैँ स्वतन्त्र, वस्तुनिष्ठ, सन्तुलित र असंलग्न परराष्ट्र नीति अवलम्बन गर्छौं," उनले भने ।

    परराष्ट्रमन्त्री साउदले नाम एक स्वतन्त्र र शक्तिशाली राजनीतिक आवाज बनेको पनि बताए । "आज हामी हाम्रो झन्डै सात दशकको यात्राका क्रममा हामी साझा मूल्यहरूको बारेमा सचेत छौँ । जसले हामीलाई राष्ट्रिय सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता, राजनीतिक स्वतन्त्रता, आत्मनिर्णय, आपसी सम्मान र लाभ, अहस्तक्षेप, र हाम्रोमा शान्ति, सद्भाव, समानता, मर्यादा र न्यायको खोजी अन्तर्राष्ट्रिय सम्बन्धमा एकसाथ छौँ," उनले भने ।


    प्रतिक्रिया दिनुहोस