बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • ललितपुरमा सुन र नगद चोरी गर्ने पक्राउ, यसअघि नै १२ वटा मुद्दामा कारबाही


    हुलाक प्रेस

    • बुधबार, माघ ३ २०८००९:०३
    ललितपुरमा सुन र नगद चोरी गर्ने पक्राउ, यसअघि नै १२ वटा मुद्दामा कारबाही

    काठमाडौं । ललितपुरका विभिन्न स्थानमा श्रृंखलाबद्ध चोरी कार्यमा संलग्न एक व्यक्तिलाई ललितपुर प्रहरीले पक्राउ गरेको छ । 

    राति घरमा कोही नभएको मौका छोपी चोरी गर्ने दोलखाको सैलुङ गाउँपालिका–४ का ४० वर्षीय रघुनाथ बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो ।  

    प्रहरीले चोरी कार्यमा संलग्न उनलाई भक्तपुरको थिमी नगरपालिका–९, निकोसेराबाट पक्राउ गरेको हो । 

    बुधबार पत्रकार सम्मेलनको आयोजना गरी उनलाई सार्वजनिक गरिएको छ । पत्रकार सम्मेलनमा बोल्दै ललितपुर प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालले सानेपा र झम्सिखेलका विभिन्न चार ठाउँमा चोरी गरेको फेला परेको बताए । 

    उनको साथबाट प्रहरीले ११० ग्राम सुन र एक लाख ८० हजार नगद बरामद गरिएको ललितपुरका एसपी नवराज कार्कीले जानकारी दिए । चोरी कार्यमा संलग्न भइ पक्राउ परेका व्यक्तिले यसअघि नै १२ वटा मुद्दामा कारबाही भोगिसकेको प्रमुख खनालले बताए । 

    नगद र धनमाल चोरी भएको भन्दै ललितपुरका विभिन्न ठाउँबाट प्रहरीमा जाहेरी परेको छ । 

    ललितपुरको झम्सिखेलका ठाकुरनाथ ढकालको घरबाट पुस १ गते ३७ लाख १६ हजार ९२५ रुपैयाँ मूल्य बराबर र सानेपामा डेरागरी बस्ने सुप्रिया राईको कोठाबाट मंसिर १७ गते २४ लाख ७६ हजार रुपैयाँ बराबरको नगद र धनमाल चोरी भएको प्रहरीमा जाहेरी परेको जनाएको छ । 

    सानेपामै विदेशी नागरिकको कोठाबाट विभिन्न सामान चोरी गरेको प्रहरीले जनाएको छ । 


    प्रतिक्रिया दिनुहोस