काठमाडौं । अमेरिकाले यमनमा हुथी विद्रोहीको स्थानमा फेरि आक्रमण गरेको दाबी गरेको छ ।
हुथी विद्रोहीहरूले मिसाइल प्रहार गर्ने तयारी गरिरहेकाले आफूले पहिले आक्रमण गर्नुपरेको अमेरिकाको दाबी छ । अमेरिकी सेनाले बुधबार हुथीले प्रहारका लागि तयार अवस्थामा राखेको १४ मिसाइललाई लक्ष्य गरी आक्रमण गरिएको जनाएको छ ।
अमेरिकी सेनाले सामाजिक सञ्जाल एक्समा लेखेको छ, ‘ती क्षेप्यास्त्रले यस क्षेत्रमा अवस्थित व्यापारी जहाज र अमेरिकी नौसैनिक जहाजका लागि खतरा खडा गरेको छ र तस् जुनसुकै बेला प्रहार गर्न सकिन्छ । यस कारण अमेरिकी सैनिकले आत्मरक्षाको अधिकार र जिम्मेवारीलाई पालना गर्नुपरेको हो ।’
‘हामीले उठाएका यी स्ट्राइक र अन्य कदमले लाल सागर, बाब अलमन्डब र एडेनको खाडीमा अन्तर्राष्ट्रिय र व्यावसायिक ढुवानी गतिविधिमा आक्रमण गर्ने हुथी विद्रोहीको क्षमतालाई कम गर्नेछ ।’