बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • साउदीको कन्स्ट्रक्सन कम्पनी तलब दिन ८ नेपाली खोज्दै


    हुलाक प्रेस

    • बिहीबार , माघ ४ २०८००६:५२
    साउदीको कन्स्ट्रक्सन कम्पनी तलब दिन ८ नेपाली खोज्दै

    काठमाडौं । साउदीको एक कम्पनीले कोभिडको बेला फर्किएर पुनः नफर्किएका ८ नेपालीलाई खोजिरहेको छ। त्यतिबेला पाउन बाँकी तलब छाडेर फर्किएका उनीहरूलाई पछि सम्पर्क हुन नसकेको भन्दै कम्पनीले खोजी गरेको हो।

    साउदी कन्स्ट्रक्सन डेभलपमेन्ट कम्पनीले त्यहाँ काम गरेर कोभिडको बेला छुट्टिमा नेपाल आएर फेरि साउदी नफर्किएका ८ नेपालीलाई बाँकी तलब लिन सम्पर्क गर्न भनेको हो।

    कम्पनीले दिनु पर्ने बाँकी सुविधा भुक्तानीका लागि रियादस्थित नेपाली दूतावासमार्फत सूचना गरिएको छ। कम्पनीले उक्त तलब सुविधा भुक्तानीका लागि सहजीकरण गरिदिन दूतावासलाई भनेको थियो।

    कम्पनीले तलब दिन बाँकी रहेका नेपालीहरुमा सिरहाका सञ्जयकुमार यादव, सुरेसकुमार साह, नवलपरासीका बाबुराम केवट, खोटाङका प्रकाश गिरी, उदयपुरका देवबहादुर श्रेष्ठ, सुनसरीका भेगबहादुर राना मगर, तेह्रथुमका भिमप्रसाद दाहाल र सिरहाका बुद्ध मुखिया मलाह रहेका छन्।

    कसले कति पाउन बाँकी छ?

    saudi embassy.png
    undefined
    saudi1.png
    undefined


    प्रतिक्रिया दिनुहोस