बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • प्रहरीलाई मेटल बुलेट प्रयोग गर्न नदिन माग गर्दै परेको रिटमा अन्तरिम आदेश अस्वीकार


    हुलाक प्रेस

    • बिहीबार , माघ ४ २०८००६:५७
    प्रहरीलाई मेटल बुलेट प्रयोग गर्न नदिन माग गर्दै परेको रिटमा अन्तरिम आदेश अस्वीकार

    काठमाडौँ । प्रहरीले भीड नियन्त्रणका क्रममा प्रयोग गर्ने मेटल बुलेट वा प्राणघातक हतियारको प्रयोगमा रोक लगाउन माग गर्दै दायर भएको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

    वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रहरीले भीड नियन्त्रणका लागि घातक हतियारको प्रयोग गर्दा सर्वसाधरणको ज्यान गएकोले त्यसलाई रोक्न माग गर्दै बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए ।

    रिटमाथि बिहीबार प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश कुमार चुडालको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । अन्तरिम आदेश अस्वीकार भएसँगै प्रहरी प्रयोग गर्दै आएको मेटल बुलेटको प्रयोगले निरन्तरता पाउने आधार बनेको छ ।

    गत माघमा बालकुमारीमा प्रहरीले भीड नियन्त्रणका लागि गोली चलाउँदा दुई जना युवाको मृत्यु भएको थियो । रिट निवेदक त्रिपाठीले भीड नियन्त्रणका लागि अत्यधिक बलप्रयोग एवं हिसात्मक साधनको प्रयोगलाइ बर्जित गर्नसमेत माग गरेका थिए ।

     


    प्रतिक्रिया दिनुहोस