बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • ललितपुरको यि स्थानमा आज विहान १० बजेदेखि ४ बजेसम्म विद्युत् कटौती हुने


    हुलाक प्रेस

    • शुक्रबार, माघ ५ २०८००८:४३
    ललितपुरको यि स्थानमा आज विहान १० बजेदेखि ४ बजेसम्म विद्युत् कटौती हुने

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ललितपुरका केही स्थानमा शुक्रबार विद्युत कटौती गर्ने भएको छ। लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने केही स्थानमा शुक्रबार बिहान १० बजेदेखि ४ बजेसम्म विद्युत कटौती गरिने प्रधिकरणले जनाएको छ।

    विद्युत प्राधिकरणको लगनखेल वितरण केन्द्रका अनुसार चिबहाल गेटदेखि सीमाको चोकसम्म चापागाउँ फिडरको लाइनमा कम्पोजिट फिडर तान्ने काम गर्नुपर्ने भएकाले विद्युत आपूर्ति बन्द हुने भएको हो।

    गोदावरी नगरपालिकाका वडा नम्बर ११, १२, १३, ५ र ६ नम्बर वडामा बिजुली बन्द हुने प्राधिकरणले जनाएको छ।

    यस्तै लेले, टीकाभैरव, नल्लु, चापागाउँ, टाखेल, ठेचो, झरुवारासी लगायतका स्थानहरुमा पनि बिजुलीको लाइन काटिनेछ।

    काम निर्धारित समयभन्दा अगाडि नै सम्पन्न भएमा अगाडि नै लाइन सुरु हुन सक्ने पनि प्राधिकरणले जनाएको छ। साथै ग्राहक वर्गमा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ।


    प्रतिक्रिया दिनुहोस