बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • राजस्व छलेको अभियोगमा दुई करोड नगदसहित कपडा व्यापारी पक्राउ


    हुलाक प्रेस

    • शुक्रबार, माघ ५ २०८००८:५६
    राजस्व छलेको अभियोगमा दुई करोड नगदसहित कपडा व्यापारी पक्राउ

    काठमाडौं । राजस्व अनुसन्धान विभागले राजश्व छली गरेको अभियोगमा कपडा व्यापारी नरेश अग्रवाललाई पक्राउ गरेको छ ।

    बिहीबार राति क्षेत्रपाटीस्थित उनको निवासमा विभागको टोलीले छापा मारी २ करोड नगदसहित उनलाई पक्राउ गरेको हो ।

    उनीमाथि हुन्डी र सुन कारोबार गरी राजश्व छली गरेको आरोप छ । अग्रवालको साथबाट २ हजार अमेरिकी डलर पनि बरामद भएको विभागले जनाएको छ ।

    अग्रवाल सुन र हुन्डी कारोबारमा संलग्न भएको विषयमा थप अनुसन्धान भइरहको विभागका एक अधिकारिले जानकारी दिएका छन् ।

    ती अधिकारीका अनुसार अवैध धन्दामा लागेको शंकामा अग्रवाललाई लामो समयदेखि निगरानीमा राखिएको थियो । उनी क्रिप्टोकरेन्सीमा समेत संलग्न रहेको विभागको अनुमान छ । अहिले उनलाई राजस्वको हिरासतमा राखिएको छ।

     


    प्रतिक्रिया दिनुहोस