बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सालकको खपटासहित दुई जना पक्राउ


    हुलाक प्रेस

    • शुक्रबार, माघ ५ २०८००२:३९
    सालकको खपटासहित दुई जना पक्राउ

    काठमाडौं । कैलालीमा सालकको खपेटासहित दुईजना पक्राउ परेका छन् ।

    बर्दगोरिया गाउँपालिका–६ स्थित सडकबाट सालकको खपेटा ११ किलो १०० ग्रामसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

    पक्राउ पर्नेहरूमा भजनी नगरपालिका–८ बस्ने ३५ वर्षीय पर्शुराम चौधरी र जोशीपुर गाउँपालिका–४ बस्ने ३२ वर्षीय प्रेम चौधरी रहेका छन् ।

    प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय सुखड कैलालीबाट खटिएको प्रहरीले सु.प.प्र.०१००८ प ३५१२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा खपेटासहित पक्राउ गरेको हो । 


    प्रतिक्रिया दिनुहोस