बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • पूर्वडीआईजी शाह विशेषको फैसलाविरुद्ध सर्वोच्च जाने


    हुलाक प्रेस

    • शुक्रबार, माघ ५ २०८००२:४४
    पूर्वडीआईजी शाह विशेषको फैसलाविरुद्ध सर्वोच्च जाने

    काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी महेशविक्रम शाहले आफूलाई विशेष अदालतबाट भ्रष्टाचार ठहर गर्ने फैसलाउपर सर्वाेच्च अदालत जाने बताएका छन् । 

    अदालतले गएको पुस २५ गते तीन वर्ष जेल सजाय सुनाएको थियो । फैसलाको पूर्ण पाठ आएपछि न्यायका लागि सर्वोच्च अदालतमा पुनरावेदन गर्ने उल्लेख गरेका छन् । 

    शाहले आफू ‘कसुरदार’ ठहरिए पनि न्याय पाउन नसके पनि न्याय प्रणालीमाथिको भरोसा नटुटेको उल्लेख गरेका छन् ।

    विशेष अदालतले शाह र लेखापाल प्रहरी नायब निरीक्षक दीपेन्द्रप्रसाद पनेरूलाई तीन–तीन वर्ष कैद सजाय तोकेको थियो । त्यसअतिरिक्त अदालतले दुवैलाई १६ लाख ६९ हजार ४२ रुपैयाँ ४४ पैसा दरले भ्रष्टाचार गरेको ठहर गरेको थियो ।

    प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत रहँदा २०७२ सालमा नक्कली नाम बनाएर कर्मचारीको तलब, रासनमा भ्रष्टाचार गरेको अभियोगमा उनीसहित त्यहाँ कार्यरत प्रहरी अधिृकतविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको थियो । 

    उनीविरुद्ध २०७६ फागुन २० गते भ्रष्टाचारका मुद्दा दायर भएको थियो ।


    प्रतिक्रिया दिनुहोस