बुधबार, असोज २८ गते २०८३
  • यो साता चर्चामा :
  • आधा किलो सुनसहित विमानस्थलबाट एक जना पक्राउ


    हुलाक प्रेस

    • आइतबार, माघ ७ २०८००१:२०
    आधा किलो सुनसहित विमानस्थलबाट एक जना पक्राउ

    काठमाडौँ । आधा किलो सुनसहित त्रिभुवन विमानस्थलबाट एकजना पक्राउ परेका छन् । कतारको दोहाबाट त्रिभुवन विमानस्थल उत्रिएका एक यात्रुलाई आधा किलो सुनसहित पक्राउ गरिएको हो । 

    त्रिभुवन विमानस्थल भन्सार कार्यालयले कतारको दोहाबाट तरल रूपमा ल्याएको आधा किलो सुनसहित झापा स्थायी ठेगाना भएका खगेन्द्र दर्जीलाई नियन्त्रणमा लिएको हो । दर्जीले कतारको दोहाबाट तरल पदार्थ बनाएर तस्करी गरी ल्याएको ४९९ ग्राम सुनसहित विमानस्थल भन्सार कार्यालयले दर्जीलार्य नियन्त्रणमा लिएको हो । 

    हिमालय एअरलाइन्सको एच नाइन ५६४ नम्बरको उडानबाट कतारका दोहादेखि काठमाडौँ आएका दर्जीले तरल पदार्थ बनाएर सुन ल्याएका थिए । विशेष सूचनाको आधारमा दर्जीलाई पक्राउ गरिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा.टोकराज पाण्डेले बताए । 


    प्रतिक्रिया दिनुहोस