बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • लभरपुललाई ५ अङ्कको अग्रता


    हुलाक प्रेस

    • सोमबार, माघ ८ २०८००८:३७
    लभरपुललाई ५ अङ्कको अग्रता

    लण्डन । बोर्नेमाउथमाथि ४–० को शानदार जीत हासिल गर्दै लिभरपुलले प्रिमियर लिगको शीर्ष स्थानमा ५ अङ्कको अग्रता बनाउन सफल भएको छ । 

    आइतबार राति भएको खेलमा लिभरपुलका लागि डार्विन नुनेज र डिएगो जोटाले दुई–दुई गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि ४९ औँ मिनेटमा नुनेजले लिभरपुललाई अग्रता दिलाएका थिए ।

    ७० औँ मिनेटमा जोटाले दोस्रो गोल गरे भने ९ मिनेटपछि उनले अर्को गोल थपे । इन्जुरी समयमा नुनेजले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई जीत दिलाए । 

    २१ खेलपछि लिभरपुलको ४८ अङ्क रहेको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले एक खेल कम खेलेको छ । सिटीको ४३ अङ्क रहेको छ ।

     


    प्रतिक्रिया दिनुहोस