एजेन्सी। मंगोलियाको राजधानीमा ग्यास विष्फोट हुँदा ६ जनाको मृत्यु भएको छ ।
मङ्गोलियाको राजधानीमा बुधबार ६० टन ग्यास बोकेको एउटा ट्याङ्कर विष्फोट हुँदा ६ जनाको मृत्यु भएको हो ।
कम्तीमा १४ जना घाइते भएको देशको राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले जनाएको छ। पूर्वी जिल्ला बायानजुर्खको सडकमा दुर्घटना भएको थियो ।
यसका साथै विष्फोटका कारण करिब ३० सवारी साधन जलेका छन् । घटनास्थलबाट नजिकका धेरै भवनहरू आंशिक रूपमा ध्वस्त भएका छन् । आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ ।