बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सर्वोत्तम सिमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


    हुलाक प्रेस

    • बिहीबार , माघ २५ २०८००८:५०
    सर्वोत्तम सिमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    काठमाण्डौ । सर्वोत्तम सिमेन्टले उद्योग प्रभावित स्थानीयका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत पुस २५ गतेदेखि उद्योग प्रभावित स्थानीयका लागि आईपीओ जारी गरेको थियो ।

    कम्पनीले उद्योग प्रभावित स्थानीयका लागि ९ लाख ३० हजार कित्तासेयर निष्कासन  गरेको हो ।  

    कम्पनीले  खानी उत्खनन् प्रभावित क्षेत्र पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा नं १ र २ ,रिब्दीकोट गाउँपालिकाको वडा नं २, ३, ४ र ६ तिनाउ गाउँपालिकाको वडा नं १. २ र ३ ,मायागढी गाउँपालिकाको वडा नं ७ र ८  र निस्वी गाउँपालिकाको वडा नं ७ मा बसोबास गर्ने स्थानीयका लागि ९ लाख ३० हजार कित्ता निष्कासन गरेको छ ।  

    बुक बिल्डिंग विधिबाट निष्कासन गरिएको सेयरको मूल्य प्रतिकित्ता  ३६०.९० रुपैयाँ निर्धारण गरिएको छ। लगानीकर्ताले न्युनतम ५० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्।  

    कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ निष्कासन गरी बाँडफाँड गरिसकेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कम्पनीले २७ लाख ७० हजार कित्ता साधारण सेयरको १० प्रतिशत अर्थात् २ लाख ६७ हजार कित्ता सेयर निष्कासन गरेको थियो ।  


    प्रतिक्रिया दिनुहोस