काठमाडौँ । साफ यू-१६ च्याम्पियनसिपअन्तर्गत लिगचरणको अन्तिम खेलमा नेपाल र भारत प्रतिस्पर्धा गर्दैछन्। फाइनल प्रवेशका लागि निर्णायक मानिएको खेलमा नेपाल र भारत दुवै स्पष्ट जितको प्रतिक्षामा रहेका छन्।
चार देश सहभागी प्रतियोगितामा बङ्गलादेशलगातार दुई जितसहित अन्तिम खेल अघिनै फाइनलमा प्रवेश गरिसकेको छ। फाइनल पुग्ने अर्को टिमको तय नेपाल र भारतको खेलपछि हुनेछ। खेलमा बराबरी भएमा भारत गोल अन्तरमा अघि रहँदै फाइन प्रवेश गर्नेछ।
भारतले आफ्नो पहिलो खेलमा भुटानमाथि ७-० को जित निकालेको थियो। नेपालले भुटानमाथि ३-० को जित निकाल्दा नेपाल आफ्नो पहिलो खेलमा बङ्गलादेशसँग २-० ले पराजित भएको थियो। भारत बङ्गलादेशसँग ३-१ गोल अन्तरले पराजित भएको थियो।
यसैगरी, भुटान र बङ्गलादेशबिचको समूह चरणको अन्तिम खेल शुक्रबार हुनेछ। भुटान दुवै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिर सकेको छ। बंगलादेश भने सतप्रतिशत जितसहित आफ्नो रवाफ कायम राख्न चाहन्छ। फाइनल खेल आइतबार हुनेछ।