बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • अमेरिकी राष्ट्रपति बाइडेनले भने- इजरायलले गाजा कब्जा गर्नु ठूलो गल्ती हुनेछ (भिडिओ)


    हुलाक प्रेस

    • सोमबार, असोज २९ २०८००९:२६
    अमेरिकी राष्ट्रपति बाइडेनले भने- इजरायलले गाजा कब्जा गर्नु ठूलो गल्ती हुनेछ (भिडिओ)

    काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलले गाजामाथि कब्जा गर्नु ठूलो गल्ती हुने बताएका छन्।

    सीबीएसको ‘६० मिनेट्स’सँगको अन्तर्वार्तामा बाइडेनलाई सोधिएको छ-  तपाईं गाजामा इजरायलको कब्जालाई समर्थन गर्नुहुन्छ? 

    जवाफमा अमेरिकी राष्ट्रपति बाइनडेनले भनेका छन्, ‘यो ठूलो गल्ती हुनेछ।’ उनले थपे, ‘हमासले सबै प्यालेस्टिनी जनताको प्रतिनिधित्व गर्दैन र मलाई लाग्छ– इजरायलले गाजालाई पुनः कब्जा गर्नु गल्ती हुनेछ।’

    आइतबार राति प्रसारित अन्तर्वार्तामा उनले भनेका छन्, ‘तर गाजाभित्र गएर अतिवादीहरूलाई बाहिर निकाल्नु महत्त्वपूर्ण काम हो।’ यस क्रममा बाइडेनले इजरायलले युद्धको नियमभित्र रहेर कारबाही गर्नेमा आफू विश्वस्त रहेको पनि बताए।


    प्रतिक्रिया दिनुहोस