एजेन्सी । इंग्लिस क्लब लिभरपुल युरोपा लिगको क्वाटरफाइनल प्रवेश गरेको छ। बिहीबार राति भएको दोस्रो लेगमा लिभरपुलले स्पर्टा प्रागलाई ६-१ ले हराउँदै समग्रमा ११-२ को जितसहित क्वाटरफाइनलमा स्थान बनाएको हो। चेक क्लबमाथि प्रभावशाली जितसहित लिभरपुल अन्तिम आठमा प्रवेश गर्यो।
पहिलो लेगमै ५-१ को रवाफिलो जित निकालेको लिभरपुलले दोस्रो लेगमा पनि आफ्नो रवाफ कायम राख्यो। लिभरपुलको जितमा कोडी गोक्पाले २ गोल गर्दा डार्विन नुनेज, क्लार्क, सलाह र सोबोस्जाईले समान १-१ गोल गरे। प्रागका लागि बिरमानसेभिकले समान १-१ गोल गरेका थिए।
युरोपा लिगअन्तर्गत नै भएका अन्य खेलमा रेन्जर्सलाई १-० ले पराजित गर्दै समग्रमा ३-२ को जितसहित बेनिफिकाले क्वाटरफाइनलमा स्थान बनायो।
त्यस्तै, वेस्टह्यामले फ्रेबर्गलाई ५-० ले हराउँदै पहिलो लेगमा भोगेको १-० को हार उल्टाउँदै ५-१ को जितसहित क्वाटरफाइनलमा स्थान बनायो। क्वाटरफाइनल पुग्ने अन्य टोलीमा बार्यन लिभरकुशेन, रोमा, एसी मिलान, मार्सेली र एट्लान्टा रहेका छन्।