बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • घट्यो सुनको मूल्य


    हुलाक प्रेस

    • मंगलबार, चैत २० २०८००१:०४
    घट्यो सुनको मूल्य

    काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुसुन) को मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा चार सय रुपैयाँले घटेको हो । 

    सोमबार तोलामा एक लाख ३१ हजार छ सयमा कारोबार भएकामा मंगलबार एक लाख ३१ हजार दुई सयमा कारोबार भएको महासङ्घले जनाएको छ । 

    यस्तै, तेजावी सुन सोमबार तोलामा एक लाख ३० हजार नौ सय ५० रुपैयाँमा कारोबार भएकामा आजका लागि रु एक लाख ३० हजार पाँच सय ५० निर्धारण भएको छ । 

    त्यस्तै, चाँदीको मूल्य पनि सामान्य रुपमा बढेको छ । सोमबार प्रतितोला एक हजार पाँच सय ३५ रुयैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार पाँच सय ४५ रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  


    प्रतिक्रिया दिनुहोस