बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • ६ गोलको थ्रिलरमा रियल–सिटी बराबर


    हुलाक प्रेस

    • बुधबार, चैत २८ २०८००९:०१
    ६ गोलको थ्रिलरमा रियल–सिटी बराबर

    मड्रिड । च्याम्पियन्स लिगको क्वार्टरफाइनल खेलको पहिलो लेगमा साबिक विजेता म्यानचेस्टर सिटी र रियल मड्रिडले रोमाञ्चक बराबरी खेलेका छन् । मंगलबार राति सम्पन्न दुई टोलीबिचको खेल ३–३ गोलको बराबरीमा सकिएको हो ।

    स्यान्टियागो बर्नेबाउमा खेलिएको खेलको दोस्रो मिनेटमा नै सिटीले अग्रता लिएको थियो । बर्नार्डो सिल्भाले टोलीलाई अग्रता दिलाएका थिए । तर, १२ औँ मिनेटमा रुबेन डियासले आत्मघाती गोल गरेपछि रियल खेलमा फर्कियो । २ मिनेटपछि भिनिसियस जुनियरले रोड्रिगोका लागि गोल गर्ने अवसर सिर्जना गर्दै रियललाई अग्रता दिलाए । 

    दोस्रो हाफको ६६ औँ मिनेटमा फिल फोेडेनले सिटीका लागि बराबरी गोल गरे । ५ मिनेटपछि जोस्को ग्भार्डिओलले सिटीलाई ३–२ को अग्रता दिलाए । यो अग्रता पनि लामो समय टिक्न सकेन । ७९ औँ मिनेटमा भिनिसियसको पासमा फेडेरिको भालभर्डेले गोल गर्दै खेल बराबरीमा ल्याए ।

    त्यसपछि भने कुनै गोल हुन सकेन र खेल बराबरीमा टुङ्गियो । अब दोस्रो लेग सिटीको घरेलु मैदानमा १७ अप्रिलमा हुनेछ । गत सिजन इतिहाद स्टेडियममा सिटीले रियललाई ४–० गोलले हराएको थियो ।


    प्रतिक्रिया दिनुहोस