बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • नयाँ वर्षको अवसरमा श्रीलङ्कामा सयौं कैदीबन्दी रिहा


    हुलाक प्रेस

    • शनिबार, वैशाख १ २०८१०२:१७
    नयाँ वर्षको अवसरमा श्रीलङ्कामा सयौं कैदीबन्दी रिहा

    कोलम्बो । श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले परम्परागत सिंहली र तमिल नयाँ वर्षको उपलक्ष्यमा शनिबार करिब ८०० दोषीलाई आममाफी दिएका छन् । 

    यसअघि क्रिसमसको उपलक्ष्यमा श्रीलङ्कामा आचरणमा सुधार आएका एक हजार कैदीलाई रिहा गरिएको थियो भने नयाँ बर्षको उपलक्ष्यमा ७७९ कैदीबन्दीलाई आममाफी दिइएको हो । 

    कारागारका एक अधिकारीले एएफपीलाई बताएअनुसार हालसालै भएको हिंसात्मक गतिविधिका कारण श्रीलङ्काको कारागारमा भीडभाड रहेकोमा सयौँको सजाय माफी भएपछि कारगारभित्रको भीड कम भएको छ ।

    शुक्रबारसम्म करिब ११ हजार कैदीबन्दी राख्न सक्ने गरी डिजाइन गरिएको श्रीलङ्काका कारागारमा करिब ३० हजार कैदीबन्दी रहेका थिए ।

    श्रीलङ्काले नयाँ वर्षको अवसरमा लामो बिदा घोषणा गर्नुका साथै मङ्गलबारसम्म मदिरा बिक्रीमा प्रतिबन्ध लगाएको छ ।
    रासस


    प्रतिक्रिया दिनुहोस