काठमाडौं । बिहीबार पहेंलो धातु (सुन) को मुल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार विहिबार सुनको मूल्य २०० रुपैयाँ घटेर छापावाला सुन प्रतितोला एक लाख ३५ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख ३६ हजार रुपैयाँमा करोबार भएको थियो ।
बिहीबार चाँदी प्रतितोला एक हजार ६५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ६७० रुपैयाँमा कारोबार भएको थियो ।