बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • युएईलाई हराउँदै नेपालको लगातार चौथो जित


    हुलाक प्रेस

    • सोमबार, कात्तिक ६ २०८००३:४३
    युएईलाई हराउँदै नेपालको लगातार चौथो जित

    काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले लगातार चौंथो जित हासिल गरेको छ। सोमबार भएको खेलमा नेपालले युएईलाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा आफ्नो जित यात्रा जारी राखेको हो।

    युएईले दिएको १ सय ६५ रनको लक्ष्य  पछ्याएको नेपालले ४ बल बाँकी छँदै पराजित गरेको थियो। नेपालको जितमा दिपेन्द्र सिंह ऐरीले विष्फोटक ब्याटिङ गरेका थिए। उनले १५ बलमा ४० रन बनाउँदा ६ चौका र १ छक्का प्रहार गरे। उनले २ सय ६६ को स्ट्राइकरेटमा स्कोर बनाउँदा नेपालको जित पक्का भएको थियो।

    उनी बाहेक आसिफ शेखले ६२ रनको अर्धशतकीय इनिङ खेल्दा कप्तान रोहित पौडेलले ४७ रन बनाए। युएईका लागि मुहम्मद जवादुल्लाहले २ विकेट लिंदा अकिफ रजा र जाहुर खानले समान १-१ विकेट लिएका थिए।

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो। युएईका लागि वृत्या अर्विन्द र बसिल हमिदले सर्वाधिक ४५-४५ रनको इनिङ खेल्दा आसिफ खानले १८ रन बनाए। त्यस्तै खालिद शाहले १२ रन बनाउनु थप दोहोरो स्कोरको रुपमा रह्यो। सोमपाल कामी र अभिनास बोहराले २-२ विकेट लिंदा करण केसी र गुल्सन झाले समान १-१ विकेट लिएका थिए।


    प्रतिक्रिया दिनुहोस