बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • इरानका राष्ट्रपति राईसी चढेको दुर्घटनाग्रस्त हेलिकप्टर भेटियो, विमानमा सवार कोही पनि जीवित नरहेको सम्भावना


    हुलाक प्रेस

    • सोमबार, जेठ ७ २०८११२:४६
    इरानका राष्ट्रपति राईसी चढेको दुर्घटनाग्रस्त हेलिकप्टर भेटियो, विमानमा सवार कोही पनि जीवित नरहेको सम्भावना

    तेहरान । इरानी उत्तरपश्चिमी क्षेत्रमा दुर्घटनाग्रस्त इरानी राष्ट्रपति इब्राहिम राइसी चढेको हेलिकोप्टर सोमबार विहान भेटिएको छ । 

    हेलिकप्टरमा अहिलेसम्म जीवनको कुनै सङ्केत फेला नपरेको इरानको राष्ट्रिय टेलिभिजनले जनाएको छ । 

    आइतबार पूर्वी अजरबैजान प्रान्तको आकाशबाट उहाँ र विदेशमन्त्री हुसेन अमिर अब्दोल्लाहियानसहित अन्य व्यक्तिसँगको सम्पर्क टुटेको थियो । 

    विमान हराएको करिब १५ घण्टापछि सरकारी टेलिभिजनद्वारा प्रशारित समाचारमा भनिएको छ, “हेलिकप्टर फेला परेको तर हेलिकप्टरका यात्रुहरू जीवितै रहेको कुनै सङ्केत देखिएको छैन ।” इरानको रेड क्रिसेन्टका प्रमुख पिरहुसेन कूलिभान्डले भने, “विमानलाई फेला पारेपछि उद्धार टोली घटनास्थलतर्फ गइरहेको छ ।” उहाँले भन्नुभयो, “हेलिकप्टर फेला परेको छ । 

    अब हामी हेलिकप्टरतर्फ अघि बढिरहेका छौं,” कुलिभान्डले भने । उनले भने, “हामीले हेलिकप्टर देखिरहेका छौँ । स्थिति राम्रो छैन ।” इरानी सञ्चारमाध्यम फार्सलगायत इरानी सञ्चारमाध्यमले हेलिकप्टरको भग्नावशेषको ड्रोन तस्वीर सार्वजनिक गरेका छन् । रासस


  • सम्बन्धित विषय:

  • # #iranipresidentaccident
  • प्रतिक्रिया दिनुहोस