बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सुनचाँदीको नयाँ मूल्यसूची, आज कतिमा भइरहेछ कारोबार ?


    हुलाक प्रेस

    • आइतबार, जेठ २० २०८१११:०५
    सुनचाँदीको नयाँ मूल्यसूची, आज कतिमा भइरहेछ कारोबार ?

    काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनचाँदीको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार नेपाली बजारमा आज सुनको मूल्यमा कुनै पनि थपघट भएको छैन । अघिल्लो दिन प्रतितोला १७ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने स्थिर रहेको हो ।    

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार पनि छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ नै कायम थियो ।  

    त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला १ लाख ४१ हजार ५ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार पनि तेजावी सुन यहि मूल्यमा कारोबार भएको थियो ।  

    चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य २५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८५० रुपैयाँ कायम भएको छ ।


    प्रतिक्रिया दिनुहोस