बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • के हो ऋण भुक्तानी आम्दानी अनुपात ?


    हुलाक प्रेस

    • मंगलबार, जेठ २२ २०८१०७:२६
    के हो ऋण भुक्तानी आम्दानी अनुपात ?

    काठमाडौं । बैक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्नुअघि ऋणीको मासिक आम्दानी र धितो राख्ने सम्पत्तिको मोटामोटी मूल्याङ्कन गर्नुपर्छ । 

    ऋण प्रवाह गर्दा बैंक तथा वित्तीय संस्थाले गर्ने यो महत्वपूर्ण चरण हो । यसले ऋणीलाई भविष्यमा आइपर्ने वित्तीय आवश्यकता र बाधाबाट बचाउँछ ।  

    बैंक तथा वित्तीय संस्थाले ऋणीको कर्जा भुक्तानी गर्नसक्ने क्षमताको विश्लेषण गर्दा ऋणीको आम्दानीको तुलनामा कर्जा भुक्तानी दायित्व कति छ भनेर गणना गर्ने गर्छन । ऋणीको कर्जा भुक्तानीको दायित्वलाई कुल आयले भाग गरेपछि आउने अनुपातलाई ऋण भुक्तानी आम्दानी अनुपात भन्ने गरिन्छ ।  

    बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत प्रकृतिका आवधिक कर्जा तथा हायर पर्चेज कर्जा लगायतका  किस्ता भुक्तानीमा आधारित गैरव्यवसायिक कर्जा तथा व्यक्तिगत अधिक वर्ष कर्जामा ऋण भुक्तानी आम्दानी अनुपात अधिकतम ५० प्रतिशत हुनुपर्ने व्यवस्था रहेको छ ।  

    तर घर/जग्गा खरिद/निर्माण प्रयोजनमा प्रवाहित कर्जामा भने यस्तो अनुपात अधिकतम ७० प्रतिशतसम्म हुने गरी कर्जा प्रदान गर्न सकिने व्यवस्था रहेको छ । 


    प्रतिक्रिया दिनुहोस