बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सुनको भाउ बढ्दो क्रममा


    हुलाक प्रेस

    • मंगलबार, जेठ २२ २०८१०३:२५
    सुनको भाउ बढ्दो क्रममा

    काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु एक हजार सात सयले वृद्धि भएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला रु एक लाख ४१ हजार मूल्यमा कारोबार भएकामा सोही परिमाणको सुन आज रु एक लाख ४२ हजार सात सयमा खरिद–बिक्री भएको छ ।

    यसैगरी, तेजाबी सुन सोमबार प्रतितोला रु एक लाख ४० हजार तीन सयमा कारोबार भएकामा आज त्यतिनै तौलको तेजाबी सुनको मूल्य रु एक लाख ४२ हजार निर्धारण भएको छ ।

    त्यस्तै, चाँदीको मूल्य तोलामा रु २५ ले वृद्धि भएको छ । सोमबार प्रतितोला रु एक हजार आठ सय ३५ मा एक तोला चाँदी बिक्री भएको थियो ।


  • सम्बन्धित विषय:

  • # #goldpriceinnepal
  • प्रतिक्रिया दिनुहोस