बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • आइसल्याण्डसँग स्तब्ध बन्यो इंग्ल्याण्ड


    हुलाक प्रेस

    • शनिबार, जेठ २६ २०८१०७:०७
    आइसल्याण्डसँग स्तब्ध बन्यो इंग्ल्याण्ड

    लण्डन । यूरो २०२४ को तयारीमा रहेको इंग्ल्याण्डले निराशाजनक खेल प्रदर्शन गर्दै आइसल्याण्डसँग पराजित भएको छ । शुक्रबार राति वेम्बले मैदानमा भएको खेलमा टोली ०–१ गोलले पराजित भएको हो ।

    खेलको १२ औँ मिनेटमा जोन डागुर थोर्सटेन्सनले गरेको एक मात्र गोल निर्णायक बन्यो । म्यानजेर गेराथ साउथगेटले सोमबार बोस्निया–हर्जगोभिनाविरुद्धको खेलपछि टोलीमा थुप्रै परिवर्तन गरेका थिए । तर, इंग्ल्याण्डले प्रदर्शनमा सुधार गर्न सकेन ।

    ह्यारी केनले गोलको सुन्दर अवसर गुमाएका थिए भने कोल पाल्मरले पनि प्राप्त अवसरहरूको सदुपयोग गर्न सकेनन् । इंग्ल्याण्डले अब १६ जुनमा यूरो २०२४ को पहिलो खेलमा सर्बियाको सामना गर्नेछ ।

     


    प्रतिक्रिया दिनुहोस