बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • इसेवाको पैसा अब एभरेष्ट बैंकको एटिएमबाट झिक्न मिल्ने


    हुलाक प्रेस

    • आइतबार, असोज ७ २०८००९:३६
    इसेवाको पैसा अब एभरेष्ट बैंकको एटिएमबाट झिक्न मिल्ने

    काठमाडौं । सेवा र एभरेष्टबैंकबीच भुक्तानी सहकार्यसम्वन्धी सम्झौता भएको छ । योसंगै अब इसेवाको खातामा भएको पैसा एभरेष्ट बैंकको एटिएमबाट झिक्न सकिने छ ।

    सो सेवा प्रदानका लागि इसेवा र एभरेष्ट बैंकबीच भएको सम्झौतापत्र इसेवाका प्रमुख कार्यकारी अधिकृत (सीइओ) जगदिश खड्का र एभरेष्ट बैंकका डेपुटी सीइओ विजय कुमार शर्माले हस्ताक्षर गरेका छन् । 

    यो सेवा प्रयोग गर्न इसेवाको एप प्रयोग गर्नुपर्ने छ । त्यसपछि मोबाइलमा आएको ओटिपी कोड एटिएममा प्रविष्ट गर्नुपर्नेछ । एटीएमबाट ५ हजार रुपैयाँसम्म झिक्न सकिने बताइएको छ ।


    प्रतिक्रिया दिनुहोस