काठमाडौँ । टी–२० विश्वकप क्रिकेटमा ‘सुपर आठ’ प्रवेश गर्ने बंगलादेश अन्तिम टोली बनेको छ । यो सँगै ’सुपर आठ’ समिकरण पुरा भएको छ । सोमबार बिहान भएको खेलमा बंगलादेशले नेपाललाई २१ रनले पराजित गर्दै सुपर आठमा प्रवेश गर्यो ।
बंगलादेशले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको नेपाल १९.२ ओभरमा ८५ रनमा समेटिंदा सहज रुपमा जित हासिल गर्यो । विश्वकपको सुपर आठमा समूह ’ए’ बाट भारत र अमेरिका प्रवेश गर्दा समूह ‘बी’ बाट अस्ट्रेलिया र इंग्ल्यान्डले अन्तिम आठमा स्थान बनाए ।
त्यस्तै समूह ‘सी’ बाट अफगानिस्तान र वेस्टइन्डिज प्रवेश गर्दा समूह ’डी’ बाट दक्षिण अफ्रिका र बंगलादेशले स्थान बनाउन सफल भए । अब सुपर आठको १ नम्बर समूहमा भारत, अस्ट्रेलिया, अफगानिस्तान र बंगलादेश रहँदा सुपर आठको २ नम्बर समूमा अमेरिका, इंग्ल्यान्ड, वेस्टइन्डिज र दक्षिण अफ्रिका प्रतिस्पर्धा गर्ने छन् ।
हरेक समूहबाट शीर्ष दुईमा रहने टिमले सेमिफाइनलमा स्थान पक्का गर्ने छन् ।