बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • युरोकपः नेदरल्यान्ड्स र फ्रान्सको बराबरीले बाहिरियो पोल्यान्ड


    हुलाक प्रेस

    • शनिबार, असार ८ २०८१०७:५०
    युरोकपः नेदरल्यान्ड्स र फ्रान्सको बराबरीले बाहिरियो पोल्यान्ड

    काठमाडौं । युरोपियन च्याम्पियनसिपअन्तर्गत समूहचरणको दोस्रो खेलमा फ्रान्स र नेदरल्यान्ड्सले गोलरहित बराबरी खेल्दा पोल्यान्ड भने प्रतियोगिताबाट बाहिरिएको छ।

    समूह ‘डी’ अन्तर्गत भएको खेलमा डच खेलाडी जाभी सिमोन्सको दोस्रो हाफको गोल विवादीत रुपमा अमान्य हुँदा खेल गोलरहित बराबरीमा सकियो।

    खेलमा फ्रान्स आफ्ना स्टार खेलाडी केलियन एम्बाप्पे बिना मैदान उत्रिएको थियो। अस्ट्रियाविरुद्ध सोमबार भएको खेलमा एम्बाप्पेको नाक भाँचिएको थियो। फ्रान्सले उनको अभाव मैदानमा निकै महसुस गर्यो । पटक-पटक अवसरबिच गोल गर्न चुक्दा फ्रान्सले गोल गर्न सकेन।

    तर खेलमा नेदरल्यान्ड्स दोस्रो हाफको गोललाई अमान्य घोषणा गर्दा महत्त्वपूर्ण तीन अङ्कबाट विमुख भयो। २१ वर्षीय सिमोन्सले गरेको गोल रेफ्रि एन्थनी टेलरले अस्वीकार गरेका थिए। यो गोल विवादित हुनुकापछि अफसाइडमा रहेका डच खेलाडी डेनजेल डमफ्रीजले गोलरक्षकलाई अवरोध गरेको भन्दै सिमोन्सको गोललाई मान्यता दिएन। त्यसपछि भिएआरले निकै लामो समय लाएर चेक गर्दै मुख्य रेफ्रिको निर्णयलाई समर्थान जनाएको थियो।

    त्यसोत डच खेलाडीका लागि यो एउटा मौका थियो। तर फ्रेन्च स्टार एन्टोनी ग्रिजम्यानले सुन्दर मौकाहरु नगुमाएको भए। यो निर्णय अघिनै डच टोली २ देखी ३ गोलले पछिपर्ने थियो। तर डच टोली भाग्यमानी बन्दा १ अंक हासिल गर्यो ।

    नेदरल्यान्डले पोल्यान्डविरुद्ध अन्तिम समयमा गोल गरेका वाउट वेघोर्स्टलाई मैदानमा पुन:अन्तिम समयमा पठाएको थियो। तर उनले फ्रान्सविरुद्ध भने पोल्यान्डको उपलब्धि दोहोर्याउन सकेनन।

    पोल्यान्ड भने अस्ट्रियासँग ३-१ ले पराजित भएको थियो। समूहमा पोल्यान्ड बाहेक फ्रान्स, नेदरल्यान्ड्स र अस्ट्रियाको नकआउट सम्भावना कायम छ। फ्रान्स र डच टोलिको समान ४-४ अङ्क रहेको छ।


    प्रतिक्रिया दिनुहोस