बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • युरोकपः समूह 'बी' बाट स्पेन र इटाली नकआउट चरणमा


    हुलाक प्रेस

    • मंगलबार, असार ११ २०८१०८:१८
    युरोकपः समूह 'बी' बाट स्पेन र इटाली नकआउट चरणमा

    काठमाडौँ । युरोकपमा स्पेन र इटालीले अन्तिम १६ मा स्थान पक्का गरेका छन् । मंगलबार बिहान सकिएको खेलमा स्पेनले अल्बानियालाई १–० गोल अन्तरले पराजित गर्दा इटाली र क्रोएसियाले एक –एक गोलको बराबरी खेलेको थियो । 

    जितसँगै स्पेन समूह चरणमा शतप्रतिशत जितका साथ शीर्ष स्थानमा रहेर अन्तिम १६ अर्थात् प्रिक्वाटरफाइनलमा प्रवेश गर्न सफल भयो ।

    स्पेनका डानी ओल्मोको पासमा फेरान टोरेसले गोल गरेपछि १३ औँ मिनेटमा अग्रता लिएको थियो । सोही अग्रता अन्तिमसम्म जोगाउँदै स्पेनले शतप्रतिशत जिन निकाल्न सफल भयो ।

    उता अर्को खेमाल डिफेन्डिङ च्याम्पियन इटालीले अन्तिम समयमा गोल गर्दै बराबरी खेले पछि अन्तिम १६मा स्थान पक्का गर्न मद्दत पुग्यो । क्रोएसिया भने प्रतियोगिताबाट बाहिर भएको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा क्रोएसियाले सुरुवाती अग्रता लिएको थियो । 


    प्रतिक्रिया दिनुहोस