बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • कोरोनाभन्दा पनि खतरनाक महामारी आउन सक्ने अनुमान, बैज्ञानिकहरुले बनाउन थाले भ्याक्सिन


    हुलाक प्रेस

    • सोमबार, असोज ८ २०८००९:२६
    कोरोनाभन्दा पनि खतरनाक महामारी आउन सक्ने अनुमान, बैज्ञानिकहरुले बनाउन थाले भ्याक्सिन

    एजेन्सी । कोरोनाभन्दा खतरनाक महामारी आउन सक्ने भन्दै त्यसका लागि पूर्व तयारी रहन बैज्ञानिकहरुले ध्यानाकर्षण गरेका छन् । 

    बेलायतबाट प्रकाशित डेली मेलको रिपोर्ट अनुसार सो महामारी कोभिड-१९ भन्दा पनि बढी खतरनाक हुने र छिट्टै फैलन सक्ने चेतावनी दिइएको छ ।

    जसलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले सम्भावित त्यस महामारीलाई डिजिज एक्स नाम दिएको छ। बेलायतको भ्याक्सिन टास्कफोर्सका प्रमुख डेम केट बिङ्घमले उक्त महामारीले करोडौ मानिसको ज्यान जान सक्ने बताएकी छन्। 

    बेलायती वैज्ञानिकहरूले डिजिज एक्सको आउनुअघि नै यसविरुद्धको  भ्याक्सिन बनाउन थालेका छन्। यसका लागि २५ प्रकारका भाइरसको अध्ययन गरिएको छ।

    वैज्ञानिकहरूको ध्यान जनावरहरूमा पाइने भाइरसहरूमा केन्द्रित छ। ती भाइरस जुन जनावरबाट मानिसमा सर्न सक्छ। 


    प्रतिक्रिया दिनुहोस