बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • अर्जेन्टिना ३०औँ पटक कोपा अमेरिकाको फाइनलमा


    हुलाक प्रेस

    • बुधबार, असार २६ २०८१०८:४६
    अर्जेन्टिना ३०औँ पटक कोपा अमेरिकाको फाइनलमा

    काठमाडौं । क्यानडाविरुद्ध २–० को जित निकाल्दै साविक विजेता अर्जेन्टिना कोपा अमेरिका–२०२४ को फाइनलमा प्रवेश गरेको छ ।

    बुधबार अमेरिकाको मेटलाइफ रंगशालामा भएको खेलमा अर्जेन्टिनालाई फाइनल पुर्याउन हुलियन आल्भारेज र कप्तान लियोनल मेसीले गोल गरे । अर्जेन्टिनाले पहिलो र दोस्रो हाफमा समान एक/एक गोल गरेको हो ।

    आल्भारेजले २३औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रतामा राखेका थिए । रोड्रिगो डि पाउलले मैदानको मध्यभागबाट निकालेको पासलाई नियन्त्रणमा राख्दै आल्भारेजे १ यार्ड बक्सभित्रबाट क्यानडाका  गोलकिपरलाई ‘बिट’ गरेका थिए । अर्जेन्टिनाबाट ३५ खेल खेलेका आल्भारेजको यो नवौँ अन्तर्राष्ट्रिय गोल हो ।

    ५१औँ मिनेटमा कप्तान मेसीले गोल गरेपछि अर्जेन्टिनाले अग्रता दोब्बर बनाएको थियो । जारी प्रतियोगितामा मेसीको यो पहिलो गोल हो । यो गोलसँगै मेसी अन्तर्राष्ट्रिय फुटबलमा दोस्रो सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन् । मेसीले इरानका अली दाई (१०८) लाई उछिनेका हुन् । मेसीले हाल अन्तर्राष्ट्रिय खेलमा १०९ गोल पुर्याएका छन् । मेसीअघि रहेका पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले १३० गोल गरेका छन् ।

    अर्जेन्टिनाले २–० को जितसहित लगातार दोस्रो पटक प्रतियोगिताको फाइनलमा स्थान बनाएको हो । १५ पटकको च्याम्पियन अर्जेन्टिना समग्रमा ३०औँ पटक कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको हो ।

    अर्जेन्टिनाले प्रतियोगिताको पछिल्लो आठ संस्करणमध्ये छैटौँ पटक फाइनलमा स्थान बनाएको हो । यसअघि २०२१ मा भएको प्रतियोगिताको फाइनलमा ब्राजिललाई हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको थियो ।

    अर्जेन्टिनाले अब उपाधिका निम्ति उरुग्वे र कोलम्बियाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।


    प्रतिक्रिया दिनुहोस