बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • यमल उत्कृष्ट युवा खेलाडी, रोड्रिगो ‘प्लेयर अफ दी टुर्नामेन्ट’


    हुलाक प्रेस

    • सोमबार, असार ३१ २०८१०५:२९
    यमल उत्कृष्ट युवा खेलाडी, रोड्रिगो ‘प्लेयर अफ दी टुर्नामेन्ट’

    का​​​​​​ठमाडौं । स्पेनका १७ वर्षीय फरवार्ड लामिन यमल युरो–२०२४ को युवा खेलाडी बनेका छन् ।

    सोमबार जर्मनीको बर्लिनमा भएको फाइनलमा इंग्ल्यान्डलाई २–१ ले हराउँदै स्पेनले चौथोपटक युरोपियन च्याम्पियनसिपको उपाधि जितेका हुन् । स्पेनलाई जित दिलाउन यमलले फाइनलमा एक असिस्टसमेत गरे । प्रतियोगिताभर सात खेलमा एक गोल गरेका उनले चार असिस्ट गरेका थिए । 

    यस्तै, स्पेनकै रोड्रिगो प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी चुनिए । सोमबारको जितसँगै स्पेन चारपटक युरो जित्ने पहिलो टिमसमेत बनेको छ । 

    स्पेनले यसअघि १९६४, २००८ र २०१२ युरोपियन च्याम्पियनसिपको उपाधि जितेको थियो ।


    प्रतिक्रिया दिनुहोस