बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • बेलायतमा बालबालिकामाथि चक्कु प्रहार, दुईको मृत्यु


    हुलाक प्रेस

    • मंगलबार, साउन १५ २०८१०८:५७
    बेलायतमा बालबालिकामाथि चक्कु प्रहार, दुईको मृत्यु

    लण्डन । बेलायतको साउथपोर्ट मर्सिसाइडस्थित केटाकेटीको डान्स वर्कसपमा सोमबार चक्कु प्रहार हुँदा दुई जनाको  मृत्यु हुनुका साथै ९ जना घाइते भएका छन् । ९ मध्ये ६ जनाको अवस्था गम्भीर भएको जनाइएको छ ।

    प्रहरीले लंकाशायरका एक १७ वर्षिय युवकलाई सो घटनामा संलग्न भएको  आशंकामा पक्राउ गरेको छ ।  प्रहरीले सो आक्रमणको उद्देश्य प्रष्ट नभएको जनाएको छ । एक जना प्रत्यक्षदर्शीले आफूले त्यस खालको घटना यस अघि कहिल्यै नदेखेको जनाएका छन् । 

    चक्कु प्रहार गरिएको स्थानमा विद्यार्थीहरुको डान्स कक्षा चलिरहेको बताइएको छ । सो कक्षामा ६ देखि १० वर्ष उमेर समूहका केटाकेटी थिए । प्रहरीले पक्राउ गरेका युवकमाथि सोधपुछ जारी राखेको जनाइएको बीबीसीले जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस