काठमाडौं । आइभरी कोस्ट तथा चेल्सीका पूर्व चर्चित फुटबल स्टार डिडियोर ड्रोग्बा नेपाल आउने भएका छन् । उनले एक भिडियो सन्देश मार्फत आफू नेपाल आउन लागेको बताएका छन् ।
भिडियो सन्देशमा उनले भूकम्प प्रभावित परिवारप्रति एक्यबद्धता जनाउनुको साथै भूकम्पमा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
ड्रोग्बा नेपाल सुपर लिग (एनएसएल) का लागि नेपाल आउन लागेको उनले भिडियो सन्देशमार्फत जानकारी दिँदै आफ्नो फाउन्डेसनमार्फत २० लाख रुपैयाँ बराबरको सहयोग गर्ने घोषणासमेत ड्रोग्बाले गरेका छन्।
डिडियर ड्रोग्बा फाउन्डेसन र नेपाल सुपर लिगको सहकार्यमा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको एनएसएलले जनाएको छ।
‘भूकम्प प्रभावित क्षेत्रको सहयोगको लागि म ऐक्यबद्धता जनाउँछु। भूकम्पबाट ज्यान गुमाएका र घाइते भएकाहरु प्रति मेरो सहानुभूति छ। म एनएसएलसँगको सहकार्यमा नेपाल आउने छु। यो विपदको समयमा हामी सबैले एकअर्कालाई सहयोग गर्नुपर्छ,’ उनले दिएको भिडियो सन्देशमा उल्लेख छ।