बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छिन् ।
आरक्षणलाई लिएर चलिरहेको आन्दोलन चर्किएपछि हसिनाले सोमबार राजीनामा दिएर देश छाडेको बीबीसीले उल्लेख गरेको छ।
बंगलादेशमा आइतबारदेखि फेरि सुरु भएको हिंसामा हालसम्म कम्तीमा ९० जनाको मृत्यु भएको बताइएको छ।
सोमबार विद्यार्थी नेताहरुले दिएको ‘लङ मार्च टु ढाका’ को आह्वानमा हजारौं मानिस ढाकाको उपनगरीय इलाकातर्फ र्याली गरिरहेका छन्। र्यालीमा महिलाहरुको बाक्लो संख्या रहेको छ।
सडकमा सेना तैनाथ गरिएपनि र्याली रोक्न नसकेको र दिउँसोदेखि नै सडकमा प्रहरीको उपस्थिति न्यून देखिएको छ।