बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • अमेरिकाले शेख हसिनालाई 'दिएन भिसा', अब के गर्लिन् ?


    हुलाक प्रेस

    • बुधबार, साउन २३ २०८१०८:५५
    अमेरिकाले शेख हसिनालाई 'दिएन भिसा', अब के गर्लिन् ?

    काठमाडौं । अमेरिकाले बंगलादेशको प्रधानमन्त्रीबाट राजीनामा दिएकी शेख हसिनाको 'भिसा खारेज' गरेको छ । 

    भारतीय मिडिया इन्डिया टुडेलेअमेरिकी विदेश मन्त्रालयका स्रोतहरूलाई उद्धृत गर्दै हसिनालाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको जनाएको छ ।

    समाचार एजेन्सी एएफपीका अनुसार विगतमा हसिनाको अमेरिकासँग राम्रो सम्बन्ध थियो । तर, पछिल्लो समय अमेरिकाले उनको 'निरंकुश प्रवृत्ति'को आलोचना गरेको थियो ।

    ढाकास्थित अमेरिकी दूतावासका प्रवक्ताले भिसाको रेकर्ड अमेरिकी कानुनअनुसार गोप्य रहने भएकाले व्यक्तिगत भिसा केसहरूको विवरणबारे बताउन नमिल्ने बताएका छन् ।

    बंगलादेशबाट सोमबार भारतको शरणमा रहेकी हसिना अब बेलायत जाने अपेक्षा गरिएको छ । उनी सुरुमै नयाँ दिल्लीबाट लन्डन जाने तयारीमा थिइन् । तर, बेलायत सरकारले कुनै पनि सम्भावित अनुसन्धानविरुद्ध बेलायतमा कानुनी सुरक्षा नपाउने संकेत गरेपछि उनले अन्य विकल्पबारे सोचिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    यद्यपि, उनकी बहिनी शेख रेहानासँग बेलायतको नागरिकता छ । 


    प्रतिक्रिया दिनुहोस