बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • श्रीलङ्काको राष्ट्रपति निर्वाचनमा पुनः राजपाक्षे परिवारबाट नै उम्मेदवारी


    हुलाक प्रेस

    • बुधबार, साउन २३ २०८१०२:०८
    श्रीलङ्काको राष्ट्रपति निर्वाचनमा पुनः राजपाक्षे परिवारबाट नै उम्मेदवारी

    कोलम्बो । श्रीलङ्काको सत्तारुढ दलले आगामी सेप्टेम्बर २१ मा हुने राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धाका लागि विवादास्पद राजपाक्षे परिवारका एक सदस्यलाई बुधबार अघि सारेको छ ।

    श्रीलङ्का पोदुजाना पेरामुना एसएलपीपी पार्टीले राजधानी कोलम्बोस्थित आफ्नो पार्टी कार्यालयमा आयोजित बौद्ध समारोहमा ३८ वर्षीय नमाल राजपाक्षेलाई उम्मेदवार बनाएको हो ।

    एसएलपीपीका सचिव सागरा करियावासमले पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवारी मनोनयनबारे भने, “सावधानीपूर्वक विचार गरेपछि पार्टीले नमाललाई राष्ट्रपतिपदको उम्मेदवार बनाउने निर्णय गरेको छ ।”

    पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेको कार्यकालमा नमालले खेलकुद मन्त्रीको जिम्मेवारी सम्हालेका थिए भने उनको कार्यबाल सन् २०१५ जनवरीमा समाप्त भएको थियो ।

    उनका काका गोटाबय राजापाक्ष सन् २०१९ नोभेम्बरमा राष्ट्रपतिपदमा बिजय भएका थिए भने सन् २०२२ मा श्रीलङ्कामा चरम आर्थिक सङ्कटपछि उनलाई जनआन्दोलनको बलमा पदच्युत गरिएको थियो । 

    राजपाक्षेको चुनावी मैदानमा प्रवेशले चुनावअघि सरकारमा व्यापक विभाजनलाई औपचारिकता दिएको थियो ।

    एसएलपीपीका अधिकांश विधायकहरूले पार्टीले आफ्नो नयाँ सहयोगी राष्ट्रपति रानिल विक्रमासिङ्घेलाई समर्थन गरोस् भन्ने चाहेका थिए ।
    रासस


    प्रतिक्रिया दिनुहोस