बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • एक महिनामा कति भित्रियो रेमिट्यान्स ?


    हुलाक प्रेस

    • शुक्रबार, कात्तिक २४ २०८००५:२३
    एक महिनामा कति भित्रियो रेमिट्यान्स ?

    काठमाडौं । असोज २०८० मा रेमिट्यान्स आप्रवाहमा कीर्तिमान बनेको छ । एकै महिनामा १ खर्ब ३६ अर्ब ९७ करोड रेमिट्यान्स भित्रिएको छ । यो एक महिनाको अवधिमा भित्रिएको अहिलेसम्मकै उच्च रकम हो । नेपाल राष्ट्र बैंकका अनुसार असोज महिनामा भित्रिएको रेमिट्यान्स अघिल्लो आवको यसै अवधिको तुलनामा ३०प्रतिशत बढी हो ।

    चालुआर्थिक वर्ष (आव) २०८०/८१ को भदौ २०८० सम्म २ खर्ब २८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएकोमा असोजमा यो रकम बढेर ३ खर्ब ६५ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ ।


    प्रतिक्रिया दिनुहोस