सोमबार, कात्तिक ३ गते २०८३
  • यो साता चर्चामा :
  • नेपाल टेलिकमको नाफामा १६.४४% को गिरावट, आम्दानी र ईपीएस पनि घट्यो


    हुलाक प्रेस

    • बिहीबार , साउन ३१ २०८११०:५४
    नेपाल टेलिकमको नाफामा १६.४४% को गिरावट, आम्दानी र ईपीएस पनि घट्यो

    काठमाडौं । नेपाल टेलिकम(एनटीसी)को नाफा र आम्दानी दुवैमा कमी आएको छ ।

    कम्पनीले गत आर्थिक वर्षको चौथौ त्रैमाससम्म ६ अर्ब ६१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १६.४४ प्रतिशतले कम हो । अघिल्लो आवको अन्त्यसम्म भने कम्पनीले ७ अर्ब ९२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

    नाफासँगै कम्पनीको आम्दानीमा पनि गिरावट आएको छ । कम्पनीले समीक्षा अवधिसम्म ४१ अर्ब ६१ करोड रुपैयाँबराबरको कुल आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ६.३२ प्रतिशतले कम हो ।  

    कम्पनीको रिजर्भको आकार ७६ अर्ब ५७ करोड रुपैयाँबराबर रहेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ०.८३ प्रतिशतले बढी हो । कम्पनीको कुल चालु सम्पत्ति ४९ अर्ब ९४ करोड रुपैयाँ र कुल चालु दायित्व १९ अर्ब ४३ करोड रुपैयाँ रहेको छ ।  

    नाफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) पनि घटेको छ । कम्पनीको ईपीएस ४४ रुपैयाँबाट घटेर ३६.७७ रुपैयाँ कायम भएको छ ।  

    त्यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ ५२५.४३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ७५८.४६ रुपैयाँ र पीई अनुपात २२.९८ गुणा कायम भएको छ ।  


    प्रतिक्रिया दिनुहोस