बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • एम्बाप्पे बिना सिजन सुरु गरेको पिएसजीको विजयी सुरुवात


    हुलाक प्रेस

    • शनिबार, भदौ १ २०८१०९:१२
    एम्बाप्पे बिना सिजन सुरु गरेको पिएसजीको विजयी सुरुवात

    एजेन्सी । पेरिस सेन्ट जर्मेइन (पिएसजी) ले फ्रेन्च लिग वानमा विजयी सुरुवात गरेको छ। स्टार स्ट्राइकर केलियन एम्बाप्पे रियल म्याड्रिड गएसँगै पहिलो पटक प्रतिस्पर्धात्मक खेलमा एम्बाप्पे बिना मैदान उत्रिएको पिएसजीलेले हाब्रीमाथि प्रभावशाली जित निकाल्यो।

    फर्वाड लि कङ्गले तीन मिनेट भित्रै गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए। साविक विजेता पिएसजीको जितमा ४-१ को जित निकाल्ने क्रममा बाँकी तीन गोल दोस्रो हाफमा गरेको थियो।

    दोस्रो हाफको सुरुवातमै गाउटियर लौरिसको गोलमार्फत बराबरी फर्काएको थियो। तर खेलको अन्ततिर पिएसजीले थप तीन गोल गर्‍याे। ओस्मान डेम्बेलेले ८४ औं मिनेटमा गोल गर्दै पिएसजीलाई अग्रता दिलाउँदा ब्राड्ले बार्कोलाले ८६ औं मिनेटमा तेस्रो गोल गर्दा कोलो मुनानीले अन्तिम मिनेटमा पेनाल्टीमार्फत टिमको अग्रता ४-१ मा पुर्‍याएका थिए।

    पिएसजीमा एम्बाप्पे सर्वाधिक गोलकर्ताका रूपमा रहेका थिए। उनले २ सय ४४ गोल गर्दै यसै सिजन रियल म्याड्रिडसँग ५ वर्षे सम्झौता गर्दै म्याड्रिड पुगेका छन्। उनको गत समरमा फ्रेन्च क्लबसँगको सम्झौता सकिएको थियो।

     


    प्रतिक्रिया दिनुहोस